२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

आगामी बैठकको एजेण्डा तय गर्दै सकियो नेकपा सचिवालय बैठक

काठमाण्डौ, २८ कार्तिक । आगामी बैठकको एजेण्डा तय गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर ३ गते अर्को बैठक बस्ने गरी एजेण्डा तय गरेको हो।

आगामी बैठकमा पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय भएको छ।

यसअघि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यहरूले प्रधामन्त्री केपी शर्मा ओलीलाई भेटेर बैठक राख्न लिखित पत्र बुझाएका थिए। तर प्रधानमन्त्री ओलीले तत्कालै बैठक नराख्ने भन्दै विधान अनुसार जाने जवाफ दिएका थिए।

कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले २७ गतेसम्म पनि प्रधानमन्त्री ओलीले बैठक नबोलाएमा आफूहरूले नै बैठक राख्ने चेतावनी दिएका थिए।सचिवालय बैठक राखेर स्थायी कमिटी बैठक बोलाउने उनीहरूको तयारी थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।