२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

गुल्मीमा यसवर्ष देउसीभैलो खेल्न रोक, प्रशासनले निकाल्यो १२ बुँदे सूचना

गोकर्ण पाण्डे/गुल्मी:-जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहारमा देउसीभैलो खेल्न रोक लगाएको छ । जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि गुल्मीमा देउसीभैलो खेल्न रोक लगाईएको हो ।
प्रशासनले १२ बुँदे सूचना जारी गर्दै चाडपर्वको समयमा मानिसहरुको आवतजावत र चहलपहल बढ्न जाँदा कोरोना संक्रमण झनै फैलनसक्ने भएकाले घरपरिवारका सदस्यसंग बसी, जो जहाँ छ त्यही रहि चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले जुवातास नखेल्ने/नखेलाउने, आफ्नो टोल छिमेकमा कतै जुवातास खेले/खेलाएको थाहा पाए तत्कालै नजिकैको स्थानीय प्रहरी कार्यालय/चौकीलाई जानकारी गराउन स्थानीयबासीमा अनुरोध गरेको छ ।

त्यस्तै, आतिसबाजी, पटका, झिरझिरे, भुइचम्पा लगायतका विष्फोटकजन्य पदार्थहरुको ओसारपसार, बिक्री वितरण एवं प्रयोग नगर्न/नगराउन प्रशासनले सबैमा आग्रह गरेको छ । घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, नियमित साबुनपानीले हात धुने वा स्यानीटाइजर प्रयोग गर्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिन प्रशासनको अनुरोध छ ।
हेर्नुहोस् सूचना :

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।