२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

विश्वभर संक्रमितको संख्या ५ करोड २६ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

काठमाडौं, २८ कात्तिक ।  विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ करोड २६ लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड २६ लाख  ४३ हजार ९ सय ३९ जना  संक्रमित भएको तथ्यांक रहेको छ। 

अमेरिकामा संक्रमितको संख्या एक करोड ५३ लाख ५ हजार ८ सय २८ पुगेको छ । त्यस्तै भारतमा ८६ लाख ८३ हजार ९ सय १६, ब्राजिलमा ५७ लाख ८१ हजार ५ सय ८२ र रुसमा १८ लाख ४३ हजार ६ सय ७८  जनामा  संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।  

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १२ लाख ९१ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार १२ लाख ९१ हजार ९ सय २१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। 

अमेरिकामा २ लाख ४२ हजार ६ सय ५४,  ब्राजिलमा १ लाख ६४ हजार २ सय ८१, मेक्सीकोमा  ९६ हजार ४ सय ३०, बेलायतमा ५१ हजार २०, इटालीमा ४३ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ

विश्वभर तीन करोड ४० लाख ९२ हजार १ सय ८ जना संक्रमणमुक्त भएका छन्। 

शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५२ लाख ५४ हजार ४ सय ५७, अमेरिकामा ४० लाख ५१ हजार २ सय ५६, रुसमा १३ लाख ७८ हजार ४ सय ६३ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि  दुई लाख ४ हजार २ सय ४२  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ६४ हजार ५ सय ९२ जना संक्रमणमुक्त भएका छन् भने एक हजार १ सय  १ सय ८९ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ८६ लाख ८३ हजार ९ सय १६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २८ हजार १ सय २१ पुगेको छ। भारतमा हालसम्म ८० लाख ६६ हजार ५ सय १ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।
    
पाकिस्तानमा हालसम्म ३ लाख ४९ हजार ९ सय ९२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार  ५५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख २० हजार  ८ सय ४९ जना उपचारपछि निको भएका छन्।
    
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख २७ हजार १ सय ९८ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार १ सय ४० जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख ४४ हजार ८ सय ६८ छ।
 अफ्गानिस्तानमा संक्रमितको संख्या ४२ हजार ७ सय ९५ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय ९१ जनाको मृत्यु भइसकेको छ भने ३५ हजार २४जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ८५ जना रहेको छ। मृत्यु हुनेको संख्या ४१ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार २ सय २५ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या १५ हजार २ सय १७ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ४८ छ भने निको हुनेको संख्या १० हजार ६ सय ५३ रहेको छ।

भुटानमा संक्रमितको संख्या ३६४ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३४५ छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।