२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

तरकारी सङ्कलन केन्द्र निर्माण

मुग्लिन । चितवनको  इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र  निर्माण गरेको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको  हो । 
  
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले रु ७८ लाखको लगानीमा तरकारी सङ्कलन केन्द्र निर्माण गरिएको बताइन् । किसानहरुलाई  उचित मूल्य दिलाउने र भिडभाड कम हुने गरी व्यवस्थापन गर्न लागिएको उनको  भनाइ छ । किसानहरुबाटै समिति निर्माण गरी केन्द्र सञ्चालन गरिने उनले बताइन् ।

तरकारी सङ्कलन केन्द्र नहुँदा तरकारी उत्पादनमा सङ्लग्न किसानले सास्ती खेप्दै आएका थिए । संकलन केन्द्र स्थापनासँगै तरकारी बजारमा पुर्याएर बिक्री गर्न सहज हुने किसानहरु बताउँछन् । 

गाउँपालिकाले पनि तरकारी तथा फलफूल खेतीका लागि  विशेष जोड दिएको अध्यक्ष गुरुङको भनाइ छ । उनले  बाँझो जमिन  प्रयोगमा ल्याउन प्रोत्सहान गर्दै एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानका कार्यक्रम ल्याइएको जानकारी दिइन् । सबै वडामा जैविक विषादीमुक्त तरकारी उत्पादनमा जोड दिइएको उनको भनाइ थियो ।

किसानले १०० भन्दा बढी फलफूलको बिरुवा रोपे ७५ प्रतिशत अनुदान दिइने  उल्लेख गर्दै उनले खेतीयोग्य जमिनका लागि थोपा सिँचाइको व्यवस्था गरिने बताताइन् । उनले  व्यावसायिक तरकारी खेती गर्ने किसानलाई तालिमसहित बिउबीजनमा सहयोग गरिरहेको पनि जानकारी दिइन् । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।