२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

तिहारमा नेपाल लाइफको शुभकामना गीत 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तिहारका लागि शुभकामना गीत सार्वजनिक गरेको छ। 

कोरोना संक्रमण महामारीको बेला तिहारमा घरभित्रै बसेर भए पनि सबैले मनोरञ्जन लिन सकून् भनेर आफ्नै ‘इनहाउस टिम’ ले शुभकामना गीत तयार पारेको नेपाल लाइफले जनाएको छ। बुधबार गीतको म्यूजिक भिडिओ यूट्युबमा सार्वजनिक गरिएको हो।

शुभकामना गीतले मनोरञ्जन प्रदान गर्नुका साथै तिहारको महिमा र बीमाको महत्वलाई पनि समेटेको छ।  

मेघेन्द्रप्रकाश गिरीको शब्द तथा गिरीसहित सम्पन्न सिंह महर्जन, राजीव डीसी र कृपेश लोहनीको संगीतमा गीत तयार पारिएको छ। जसमा गिरी, महर्जन, डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा स्वर दिएका छन्। यस्तै, संगीत संयोजन कृपेश लोहनी र अभिषेक थापाले गरेका छन्।

गीतमा हिमाल, तराई र पहाडलाई समेट्दै झिलीमिली बत्तीले सारा नेपाललाई रंग्याउन उद्घोष गरिएको छ। आफू शिक्षित र समृद्ध हुन तथा सन्ततिको उज्ज्वल भविष्यका लागि नेपाल लाइफमै जीवन बीमा गरी सन्ततिको भविष्य पनि उज्ज्वल बनाउन उक्त गीत मार्फत सुझाव समेत दिइएको छ। 

तिहारमा ल्याइएको यो गीतबाट समस्त नेपालीलाई मनोरञ्जन प्रदान गर्नुका साथै बीमाबारे जनचेतना पनि फैलिने विश्वास कम्पनीले लिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।