सुदूरपश्चिम प्रदेशका थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ६७ जनामा संक्रमण पुष्टि भएको हो ।



सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २७२ जनाको परीक्षण गर्दा थप ४८ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २८ जनामा संक्रमण देखिएको जानकारी दिए ।
उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ४ का ७ जना, वडा नम्बर २ र ५ का ३/३ जना, वडा नम्बर १ का २ जना, वडा नम्ब ८, ११ र १८ का १/१ का जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसैगरी ठेगाना नखुलेका धनगढीका १० जनामा पनि संक्रमण पुष्टि भएको छ ।
कैलालीकै लम्किचुहा नगरपालिकाका ३ जना, टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका, जोशीपुर गाउँपालिका, गोदावरी नगरपालिकाका १/१ जना र ठेगाना नखुलेका २ जनामा समेत कोरोना पुष्टि भएको छ ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बेल्डानी गाउँपालिका र बेदकोट नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै प्रयोगशालामा सुदूरपश्चिम बाहिर ठेगाना भएका सुर्खेत र रुपन्देहीका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै उता डडेल्धुरा अस्पतालको प्रयोशालामा ८ जना, बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा ५ जना, बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा ३ जना, अछामको कमलबजार प्रयोगशालामा ३ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ३ सय ३६ पुगेको छ । संक्रमण पुष्टि भएका ८ हजार ७ सय बढीले कोरोना जितेका छन भने ३० जना संक्रमितको मृत्यु भएको छ ।


















