२०८३ आश्विन २८ बुधबार
२०८३ आश्विन २८ बुधबार

जिल्ला कारागार बझाङबाट एक जना कोरोना संक्रमित कैदि फरार

सुरेश धामी /बझाङ : जिल्ला कारागार बझाङबाट एक जना कोरोना संक्रमित कैदि फरार रहेका छन् । कारागारभित्रको आइसोलेसन कक्षबाट ने क पा विप्लव समूहमा आवद्ध छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ प्रविन्द्र धामी भागेका हुन् ।

उनी बुधबार बिहान ६ बजेदेखि ६:१५ बजेबीचको समयमा सुरक्षाकर्मीले ड्युटी परिवर्तन गरिरहेको समयमा भागेको जेलर झलक रोकायाले बताए । फरार रहेका धामी गत कात्तिक १५ गते पक्राउ परेका थिए भने कात्तिक १७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित भागेपछि कोरोना फैलन सक्ने भन्दै उनको खोजी तिव्र बनाएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।