२०८३ आश्विन २७ मंगलवार
२०८३ आश्विन २७ मंगलवार

महाकाली पार गरेर लुकीछिपी भारत छिर्न खोज्ने ४ नेपाली प्रहरीको नियन्त्रणमा

महाकाली पार गरेर लुकीछिपी भारत छिर्न खोज्ने ४ नेपाली प्रहरीको नियन्त्रणमा रहेका छन् ।
धनगढी –  महाकाली नदी पार गरेर घुसपैठ गर्ने ४ नेपालीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । दार्चुलाको झुलाघाटबाट ट्युबमार्फत नदी पार गरेर भारत छिर्ने ४ नेपालीलाई भारतीय सीमा सुरक्षा बल(एसएसबी) र प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुलाई कारवाहीका लागि भारतीय अदालतमा पेश गरिएको भारतीय संचार माध्यम जागरणले जनाएको छ । 

झूलाघाटका थानाध्यक्ष तारासिंह राणा र एसएसबीको के सी कंपनी इंचार्ज एसआइ केएन नगरकोटीको टोलीले उनीहरुलाई ट्युबबाट भारत प्रवेश गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । मंगलबार तालेश्वर र अमतड़ीको बीचमा रहेको खर्कतड़ीबाट पक्राउ परेका उनीहरु बझाङका रहेको थानाध्यक्ष तारासिंह राणाले जानकारी दिएका छन् । 

उनीहरु विरुद्ध विदेश अधिनियमको धारा १४ र घर ३ पासपोर्ट अधिनियम अनुसार कारवाही हुने जनाइएको छ । 
तिहारको समयमा हुने अवैध तस्करीलाई नियन्त्रण गर्न सुरक्षा बढाइएको थानाध्यक्ष तारा सिंहले बताएका छन् ।
– याे खबर दिनेश खबर बाट साभार गरिएकाे हाे ।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।