२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

सुदूरपश्चिम प्रदेशका थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

 सुदूरपश्चिम प्रदेशका थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ५६ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ९५ जनाको परीक्षण गर्दा थप ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १९ जनामा संक्रमण देखिएको जानकारी दिए ।  उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ का ९ जना, वडा नम्बर २ का ५ जना, वडा नम्बर १ का २ जना, यस्तै वडा नम्बर ३, ७ र १२ का १/१ जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीकै गोदावरी नगरपालिकाका ५ जना  र लम्किचुहा नगरपालिकाका ४ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना, यस्तै बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाका १÷१ जनामा समेत कोरोना पुष्टि भएको छ ।

उता डडेल्धुराका २ जना र डोटीको केआईसिह गाउँपालिका–६ का १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी बताए । उता बैतडीका थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशाला भएको परीक्षणमा दशरथचन्द नगरपालिका ४ का २७ वर्षीय पुरुष र दोगडाकेदार गाउँपालिका ४ का २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै डोटीमा गरिएको परिक्षणमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा २५जनाको परिक्षण गरिएकोमा डोटीका २ जनामा कोरोना संक्रमण पुष्टी भएका अस्पतालले जनाएको छ । डोटीको  दिपायल सिलगढीका २  जनामा संक्रमण पुष्टी भएको जिल्ला अस्पताल डोटीका ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालमा ८ जना, बझाङ अस्पताल प्रयोगशालामा १० जनामा पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार २ सय १० पुगेको छ । संक्रमण पुष्टि भएका ८ हजार ५ सय बढीले कोरोना जितेका छन भने २९ जना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।