२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

कति छिटै यमराजले चिठी पठाएछन् हेर्नुस् त

आफ्नै_मृत्युको_कल्पना रचना काल्पनिक हो। 

कति छिटै यमराजले चिठी पठाएछन् हेर्नुस् त

तपाई हरुलाई हसाउन खोज्ने लैलै

उ आफैमा रमाउन खोज्ने लैलै

हिजो दिउसो अस्तायकी छु।

लाउने खाने कमाउने रमाउने गर्ने गरेकी म माथि अचानक अविश्वसनीय घटना घटेको थियो।

त्यस कारण मेरो मृत्यु भयो ।

एक जनाले शंख फुकीदीए मेरो मरेको शरीरलाई आगनमा महिरी अगाडि राखियो ।

मेरो मरेको शरीरका आँखा कसैलाई हेरेर पनि झप्कीएनन् मात्र एकोहोरीए कसैले मेरो आँखा संग अाखा जुधाउन सकेनन्।

मृत्यु मेरो शरीर भएको थियो आत्मको होइन आत्म त न जन्मिएको थियो न मरेको थियो ।

दुख सुख त मेरो शरीरले भोगेको थियो ।आत्मले होइन रछ।

मेरो वरिपरि मेरो मरेको शरीर हेर्ने मान्छेहरूको डल्लो थियो ।

मेरो परिवार डाको छाडेर रुएका छन्।

ए किन रोगका तिमीहरू नरौउन भन्छु तर मेरो आत्मले केही गर्न सकेन। केही नसकेपछी एउटा कुनामा बसेर रुन थाले।

हिजो दिउसो मरेकी मेरो खबर केहीबेरमै गाउँ सहर देशै भरी फैलिएको छ।

अहिले त मलाई नचिन्ने हरुले पनि चिन्न थालिसकेका छन् र अझ कतिले मेरो बारेमा खोजी खोजी जान्न खोजेका छन्।

म जिवित छदा मलाई देख्न नचाहने हरु अहिले रुदै थिए। मेरो कुरा काट्ने हरु मेरो गुनगान गर्दै थिए।

मलाई अचम्म लाग्यो ।

मलाई सधै लाग्थ्यो कि म धेरै बाच्दिन भनेर।

२/४ जनाले भनेका पनि थिय तिमी धेरै प्यारो नबन दैबको नजर लाग्छ भनेर हो आज त्यस्तै भयो।

म यस्तै सोच्दै थिए।

साझ पर्न लाग्यो मेरो घरको आगन देखि बाटो सम्म मेरो मरेको लास हेर्ने मान्छे आईसकेछन् सबैका आँखा रोएको देखे ।

२/४ जना पुरुषले हरियो बास काटेर पनि लेराइसकेछन् ।

परिवारलाई समाल्दै अब लाश धेरैबेर राख्नु हुदैन भन्न लागे मेरो शरीर झम्टिदै रोएका मेरो परिवारलाई लाशबाट टाढा राख्न थाले मलाई हरियो बासमा बलियो गरि बाधियो।

लौन अहिले पुरै मान्छेको डल्लो रुन लाग्यो ।

शंख फुख्दै मेरो लाशलाइ मेरो घरबाट मेरो परिवार बाट मेरो आफन्त बाट टाढा लगे। म मेरो शरीरको पछि पछि लागे।

मलाई कालीगण्डकी मा लगे।

मेरो खुट्टा गण्डकी मा चोबियो ।

र भाईहरुले मेरो कपाल खौरिदिए ।

मेरो शरीर लाई घिउ मा दलियो मेरो मेरो मुखमा सुन र श्रीखण्ड राखेर दियो लाई ३ पटक मेरो लास वरिपरि घुमाएर मेरो मुखमा दियो बत्ती राखिदिए।

र मलामी हरु केही पर बसेर मेरो जल्न लागेको शरीर हेर्न लागे र म पनि मेरो लाश हेर्दै थिए ।

ती मलामी मेरै कुरा गर्दै थिय म त्यहा पनि हेर्दै थिए।

केही बेरमै मेरो शरीर लाई खरानी बनाइयो।

मेरो शरीरको अन्य संगै मेरो आत्म पनि हावामा उडेर एउटा आमाको गर्वमा गएर बस्यो।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।