सेती प्रादेशीक अस्पतालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



२४ घण्टामा १९५ जनाको कोरोना परिक्षण गरिएकोमा थप ३६ जनामा संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ जानकारी दिए । संक्रमण पुष्टी हुनेमा ९ महिला २७ पुरुष रहेको सूचना अधिकारी श्रेष्ठ जानकारी दिए ।
संक्रमण पुष्टी हुनेमा धनगढी उपमहानगरपालिकाको वडा नम्बर १का २ जना, वडा नम्बर २ का ५जना, वडा नम्बर ३,७र१२ का एक/एक जना, वडा नम्बर ५ का ९ जनामा संक्रमण पुष्टी भएको हो । कैलालीको गोदावरीका ५जना, लम्कीचुहाका ४ जनामा पनि संक्रमण पुष्टी भएको छ ।
त्यस्सै गरि कञ्चनपुरको बेलौरी, कृष्णपुर र बेतकोटका एक/एक जना, भिमदत्तका २ जना पनि संक्रमण पुष्टी भएको छ । डडेल्धुराका २ जना र डोटीको केआइसींहका एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।
Views: 149

























