२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

डडेल्धुरामा सार्वजनिक स्थलमा हात धुने व्यवस्था

डडेल्धुरा । डडेल्धुराको एक गैरसरकारी संस्थाले सार्वजनिक स्थलमा हात धुने व्यवस्था गर्न लागेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन यहाँका १३  सार्वजनिक स्थानमा हात धुने अड्डा बनाउन लागिएको ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुरा जनाएको छ  ।

अहिले कार्यालयलगायत संघसंस्था आफैँले पनि कार्यालय बाहिर हात अनिवार्य धुने व्यवस्था गरेका छन् । सार्वजनिकस्थल र केही सरकारी कार्यालय बाहिर भने रुडुकले हात धुने अड्डा बनाउन लागेको हो ।

खुट्टाले च्याप्दा पानी आउने अड्डा बनाउन लागिएको रुडुकले जनायो । जिल्ला प्रशासन, नापी र  मालपोत कार्यालय, डडेल्धुरा बसपार्क, डडेल्धुरा अस्पताल, उग्रतारा मन्दिर, महेन्द्र माविमा पाँच सय लिटरको ट्यांकी राखिने छ ।

यस्तै गन्याधुरा गाउँपालिका र परशुराम नगरपालिकाका दुईदुई  स्थान र नवदुर्गा गाउँपालिकाको एक स्थानमा हात धुने अड्डा बनाइने छ । बसपार्क, नापी र  मालपोत कार्यालयलगायत स्थानमा भने हात धुने अड्डा बनाई सञ्चालनमा आएको छ ।

रुडुकद्वारा सञ्चालित स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना कार्यक्रमअन्तर्गत हात धुने अड्डा बनाइएको कार्यक्रम संयोजक अनुप सिंहले बताउनुभयो । यसै कार्यक्रमअन्तर्गत रुडुकले एक हजार घरधुरीमा बाल्टिन र साबुन पनि वितरण गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।