विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड २ लाख ६३ हजार पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि १२ लाख ५६ हजार ३५२ पुगेको छ । हालसम्म ३ करोड ५५ लाख ४९ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।
अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड १ लाख ८२ हजार पुगेको छ । यहाँ हालसम्म २ लाख ४३ हजार २५७ हजार जनाको मृत्यु भएको छ ।भारतमा हालसम्म ८५ लाख ७ हजार ७५४ संक्रमित हुँदा १ लाख २६ हजार १६२ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ५६ लाख ५३ हजार ५६१ जना संक्रमित हुँदा १ लाख ६२ हजार २८६ जनाको मृत्यु भएको छ । रुसमा १७ लाख ५३ हजार ८३६ संक्रमित हुँदा ३० हजार २५१ जनाको मृत्यु भएको छ । फ्रान्समा १७ लाख ४८ हजार ७०५ संक्रमित हुँदा ४० हजार १६९ जनाको मृत्यु भएको छ ।
स्पेनमा संक्रमितको संख्या १३ लाख ८८ हजार ४११ पुगेको छ भने ३८ हजार ८३३ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा १२ लाख ३६ हजार ८५१ संक्रमित हुँदा ३३ हजार ३४८ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ११ लाख ११ हजार ४४१ जना संक्रमित रहेका छन् ४८ हजार ८८८ जनाको मृत्यु भएको छ । यता, कोलम्बियामा ११ लाख ३६ हजार ४४७ संक्रमित हुँदा ३२ हजार ५९५ जनाको मृत्य भएको छ । मेक्सिकोमा ९ लाख ६१ हजार ९३८ जना संक्रमित हुँदा ९४ हजार ८०८ को मृत्यु भएको छ । पेरुमा ९ लाख २० हजार १० जना संक्रमित हुँदा ३४ हजार ८४० जनाको मृत्यु भएको छ ।

इटलीमा ९ लाख २ हजार ४९० जना संक्रमित हुँदा ४१ हजार ६३ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ७ लाख ३५ हजार ९०६ जना संक्रमित हुँदा १९ हजार ७८९ जनाको मृत्यु भएको छ । इरानमा ६ लाख ७३ हजार २५० जना संक्रमित हँदा ३७ हजार ८३२ जनाको मृत्यु भएको छ । जर्मनीमा ६ लाख ५८ हजार ४८१ जना संक्रमित हुँदा ११ हजार ४३५ जनाको मृत्यु भएको छ । चिलीमा ५ लाख १९ हजार ९७७ जना संक्रमित हुँदा १४ हजार ४९९ को मृत्यु भएको छ ।बंगलादेशमा हालसम्म ४ लाख १८ हजार ७६४ जना संक्रमित हुँदा ६ हजार ४९ को मृत्यु भएको छ । पाकिस्तानमा ३ लाख ४३ हजार १८९ संक्रमित हुँदा ६ हजार ९६८ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १ लाख ९१ हजार ६३६ जना संक्रमति फेला पर्दा १ लाख ५५ हजार ११४ जना उपचारपछि निको भएर घरफर्किएका छन् ।
१ हजार ८७ जनाको भने मृत्यु भएको छ । जापानमा १ लाख ५ हजार ९१४ जना संक्रमित हुँदा १ हजार ८०९ जनाको ज्यान गएको छ । यता, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा २८ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८६ हजार २१२ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।
Views: 156