२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

कञ्चनपुरमा ३२ जनामा मलेरिया रोग

कञ्चनपुर,२३ कार्तिक – कञ्चनपुरमा चार महिनाको अवधिमा ३२ जनामा मलेरिया रोग देखा परेको छ । गत साउन महिनायता कञ्चनपुरमा ३२ जना बिरामीमा मलेरिया रोग देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनीहरुमध्ये २१ जना जिल्लाभित्रकै व्यक्ति भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका स्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिए ।

त्यस्तै ११ जना बिरामी भारतबाट आएको देखिएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्ग अनुसार गत आर्थिक वर्षमा कञ्चनपुरमा एक सय १३ जनामा मलेरिया रोग देखिएको थियो ।

अहिले लामखुट्टेहरु समातेर ल्याबमा जाँच गर्ने काम भइरहेको र कञ्चनपुरमा हालसम्म गम्भीर खालको प्लाज्मोडियम फाल्सीपार नदेखिएको कार्यालयले जनाएको छ ।

सरकारले सन् २०२५ सम्म औलो निवारण लक्ष्य लिएको छ भने सन् २०२२ सम्म स्थानीय मलेरिया निवारण गर्ने लक्ष्य लिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।