२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

‘भारतसँग सम्बन्ध सुमधुर हुँदै छ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सम्बन्ध सुमधुर हुँदै गएको बताएका छन्। उनले आफू सम्बन्ध सुधार्ने पहलमा भरमग्दुर लागिपरेको संकेतसमेत गरेका छन्। अन्नपूर्ण पोस्ट्सँगको विशेष अन्तर्वार्तामा उनले भनेका छन्, ‘भारतसँगको सम्बन्ध सुमधुर हुँदै गयो भनेर मेरै पार्टीका केही मान्छे अलि बढी त्रसित भइरहेका छन्।’ 

annapurna postभारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण र प्रधानमन्त्रीसँगको भेटलाई लिएर पार्टीभित्र र बाहिर टीकाटिप्पणी भइरहेका छन्। त्यसलाई सम्बन्ध सुधारको एउटा खुड्किलाका रूपमा प्रधानमन्त्रीले अर्थ्याए। 

‘मान्छेहरूलाई अहिलेको आतंक ‘रअ’का प्रमुख आए, मोदीका प्रतिनिधित्व ‘रअ’का प्रमुखले किन गरे, भारत सरकारको प्रतिनिधित्व किन गरे भन्ने छ। उहाँसँगको भेटघाट किन स्विकारे भन्ने खालका अनेक कुरा उठाइयो। अहिले भेटघाट अस्वीकार गर्ने होइन। मोदीजी (भारतीय प्रधानमन्त्री) ले जो प्रतिनिधि पठाउनुहुन्छ, त्यसैसँग कुराकानी हुन्छ। त्यो कुनै गैरकूटनीतिक हुँदैन’, उनले भने, ‘राजनीतिक अधिकार दिएर राजनीतिक कुराकानीका लागि पठाएपछि उहाँसँगै आधिकारिकता हुन्छ। अरूको प्रतिनिधि मैले छान्ने होइन।’

उनले लिम्पियाधुराको विषय वार्ताबाटै चाँडै सुल्झिनेमा विश्वास व्यक्त गरे।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।