नेपाल किसान महासंघ शुक्लाफाँटा नगरकार्य समिति र अखिल नेपाल किसान महासंघ द्वारा संयुक्त रुपमा शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐर लाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।



नगरपालिकाको सभाहलमा शुक्रबार किसानहरुको पक्षमा आवाज उठाउदै आएका दुइटै संगठनद्वारा संयुक्त रुपमै नगर प्रमुख ऐर लाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नगरपालिकाको कृषि शाखा कार्यालय मार्फत ५० प्रतिशत अनुदानमा समूह र कृषि समूह मार्फत किसान लाई अनुदानमा बिउ बिजन गर्न खोज्दा सर्वसाधारणले बजारमा पाउने मुल्य भन्दा अधिकतम रकम लिदै महँगोमा उत्पादन मिति र समाप्त मिति समेत उल्लेख नगरिएका बिउ बिजनहरु बाड्न थाले पछि नगरपालिकाको कृषि शाखा विवादमा परेको हो ।
शुक्रबार नेपाल किसान महासंघ शुक्लाफाँटा नगरकार्य समिति र अखिल नेपाल किसान महासंघले एकिबद्धता जनाउदै किसानहरु लाई अनुदानको नाममा १५० प्रतिशत भन्दा बढी रकम असुल्दै लज्जा र गैर जिम्मेवारीपनको आभास गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
अगाडी भनिएको छ,अनुदानको नाममा चरम भ्रष्टाचार भएको हँुदा दुइटै सस्था/संगठन द्वारा ध्यानाकर्षण भएको हुदा ३ दिन भित्र छानबिन समिति गठन गरि संग्लग्न कर्मचारी,जनप्रतिनिधिहरु लाई छिटो भन्दा छिटो कारवाही गरिनुपर्ने,नगरपालिकाले योजना छनोट गर्दा किसान संघ,महासंघ का तर्फबाट कम्तिमा ३ जनाको प्रतिनिधित्व गराइनुपर्ने,कृषि तथा पशुपन्छी बिकास संग सम्बन्धित छलफल गोष्ठी संचालनका लागि कम्तिमा १ वडा बाट ५ जनाको सहभागिता हुनुपर्ने ,नगर चिस्यान केन्द्रको स्थापनाको कार्य यथाशिग्घ्र रुपमा अगाडी बढाइनुपर्ने,नगरपालिकाका बास्तबिक किसानहरु लाई परिचय पत्रका आधारमा कृषि क्षेत्रमा आएको अनुदान उपलब्ध गराउनुपर्ने ,लगायतका मागहरु समित नेपाल किसान महासंघ शुक्लाफाँटा नगरकार्य समितिको तर्फ बाट ध्यानाकर्षण पत्रमा सभापति डिल्लीराज पनेरु र अखिल नेपाल किसान महासंघ शुक्लाफाँटा नगरकार्य समितिको तर्फ बाट ध्यानाकर्षण पत्रमा संयोजक धिरेन्द्र सिंह साउदले हस्तारक्षर गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
किसानहरुको हक हितमा ओकालत गर्दै आएका दुइटै संगठनको ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख दिल बहादुर ऐरले आगामी दिनहरुमा नगरपालिकाले कृषि तथा पशुपन्छीको बारेमा योजना बनाउदा किसानहरुको संगठन लाई पनि संग संगै लगेर अगाडि बढ्ने र गलत आचरण सहित नगरपालिकाको छबि लाई धमिल्याउन खोज्ने जो सुकै कर्मचारी तथा जनप्रतिनिधिको संलग्नता देखिएको खण्डमा कारवाही गरिने प्रष्ट पारेका छन् ।
कृषि शाखाका प्रमुख खडक बि.क लाई लिखित रुपमा स्पष्टिकरण सोधिएको र कैलालीको धनगढिमा रहेको निरपाल एग्रोभेट का संचालक लाई पनि नगरपालिकामा बोलाई मौखिक रुपमा स्पस्टिकरण मागेको र उत्पादन मिति र लेवल नभएका अधिकतम मुल्य निर्धारण गरि नगरपालिकालाई १ लाख ८० हजार बराबरको प्याजको बिउको भुक्तानी समेत नहुने नगरप्रमुख ऐएले बताएका छन ।
१ लाख ८० हजार मध्ये ९० हजार नगरपालिकाको र ९० हजार किसानहरुको रकम बाट तिर्ने शर्तमा कृषि शाखाले प्याजको बिउ मगाएको थियो ।
नगरपालिकाको कृषि शाखाले प्याजको बिउ लगायत च्याउ, तरकारी संगै गहुको बिउको लागि सम्झौता गरेको बुझिन आएको छ ।

























