बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका २ सिल्लेगडाबाट कफलकोट तर्फ गइरहेको ग १ ज ५१९२ नम्बरको बोलेरो जिप शनिबार साँझ पौने सात बजे दुर्घटनामा परेको हो ।



जिप दुर्घटनामा परी दोगडाकेदार गाउँपालिका २ कफलकोटका अन्दाजी ३३ बर्षीय बीरबहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
दुर्घटनामा परी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका जिप चालक दीपक चन्द सामान्य घाइते भएका छन्। उक्त जिपमा दुई जना मात्रै सवार रहेको बताइएको छ। जिप सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका चन्दलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी ल्याइएको छ भने मृतकको शव पनि पोष्टमार्टमका लागि जिल्ला अस्पातलमै ल्याइएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। जिप दुर्घटनाको कारण भने खुल्न सकेको छैन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























