२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

सुदूरपश्चिममा आज ४७ जनामा संक्रमण पुष्टि

आइतबार सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा ३ सय ९३ जनाको परीक्षण गर्दा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ३ सय ९३ जनाको परीक्षण गर्दा थप ४७ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ८२ जनाको परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको टीकापुर नगरपालिकाका १३ जना, धनगढी उपमहानगरपालिकाका ७ जना, जोशीपुर गाउँपालिका, घोडाघोडी नगरपालिका  र मोहयाल गाउँपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । 

यस्तै कैलालीका ठेगाना नखुलेका २ जनामा  पनि संक्रमण देखिएको छ । यस्तै कञ्चनपुरक भीमदत्त नगरपालिकाका ७ जना, पुनर्वास नगरपालिका, बेल्डाडी गाउँपालिका, कृष्णपुर नगरपालिकाका र बेलौरी नगरपालिकाका एकरएक जनामा संक्रमण पुष्टि भएको उनले बताए । त्यस्तै अछामका ३ जना र  डडेल्धुराको परशुराम नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ९१ जनाको परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको छ भने कमलबजार नगरपालिकाको प्रयोगशालामा २० जनाको परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको छ । 

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार २ सय ६५ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ८ हजार ३ सय जनाले कोरोना जितेका छन्  भने ४० जनाको मृत्यु भएको छ ।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।