२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

केपी ओलीले चाल्न सक्ने कदम – पार्टी फुटाएर कांग्रेससँग मिलेर सरकारको नेतृत्व गर्ने !

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक शक्ति संघर्ष चर्कँदो छ। प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको विवाद उत्कर्षमा पुगेको छ। पछिल्लो पटक ओलीले राजदूत सिफारिसका एकलौटी निर्णय गरेपछि दुई अध्यक्षबीच दुरी बढेको हो। त्यसो त प्रचण्ड निकटका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध ओली निकट भनिएका नेताले अविश्वासको प्रस्ताव दर्ता गरेपछि पनि विवाद चर्किएको छ।

विवाद यतिमै रोकिएको छैन। दुई अध्यक्ष एक अर्कालाई कसरी गलाउने भन्ने रणनीति बनाउन व्यस्त छन्। प्रचण्डलाई वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालको साथ छ। नेकपामा भकुण्डो बनेका उपाध्यक्ष वामदेव गौतम पछिल्लो पटक मौन देखिएका छन्। विगत जस्तै नेकपाको यसपटकको विवादमा पनि राष्ट्रपति भण्डारी पनि जोडिएकी छन्। प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष दाहाल बीचको विवादले नेकपा फुटतर्फ अघि बढेपछि त्यसलाई रोक्न राष्ट्रपतिले चासो दिएकी हुन्।

पछिल्लो समय चलेको विवादका क्रममा मौन बसिरहेका नेकपा उपाध्यक्ष तथा संगठन विभाग प्रमुख गौतमलाई मंगलबार अपरान्ह शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले गम्भीर चासो व्यक्त गरेकी हुन्। भण्डारीले गौतमलाई भनेकी थिइन्, ‘नेकपालाई फुट्न दिनु भएन तपाइँले भूमिका खेलि दिनु पर्याे।’ तर, गौतम अझै मौन छन्। 

विवाद बढ्दै गएपछि सोमबार साँझ ओलीले प्रचण्डलाई टेलिफोन गरेका थिए। फोनमा विवादहरु दुई अध्यक्ष नै बसेर मिलाउनुपर्ने सर्तसहित ओलीले प्रचण्डलाई भनेपनि प्रचण्डले ‘तपाईसँग अब कुनै सहमति हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि विवाद झन चर्केको हो। ओलीले दुई अध्यक्षबीच सहमति गर्ने र त्यसपछि पार्टी स्थायी कमिटीको बैठक बोलाऊँ भन्ने प्रस्ताव गरेपछि प्रचण्ड रुष्ट बनेका थिए। प्रचण्डले सिधै स्थायी कमिटीको बैठक बोलाएर सबै विवाद त्यहीँ समाधान गर्न उपयुक्त हुने जवाफ फर्काएको उनी निकट नेता बताउँछन्। 

ओलीले चाल्ने कदम यस्तो हुन सक्छ ?

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ केपी ओलीले विवाद लम्बिरहे पार्टी फुटाउने सम्भावना रहेको बताउँछन्। ‘संसद विघटन गर्नका लागि संवैधानिक कु गर्नुपर्छ। यसो हुँदा केपी ओली कहाँ पुग्लान्। उनको पार्टी कहाँ पुग्ला त्यो भन्न सकिन्न। उनले अहिले गर्न सक्ने भनेको पार्टी फुटाउने र काँग्रेससँग मिलेर सरकार बनाउने,’ श्रेष्ठले भने,  ‘यस लागि पनि कांग्रेस खुसी हुनुपर्यो। काँग्रेससँगको सम्बन्ध माधव नेपाल र प्रचण्ड पक्षकै राम्रो छ ओलीको भन्दा त्यसैले अवस्था त्यति सहज छैन।’ 

उनले केही गरी पार्टी फुटाएर काँग्रेससँगको साझेदारीमा सरकार बनिहाले कांग्रेसले उठ भने उठ र बस भने बस हुने अवस्थामा केपी ओली पुग्ने पनि विश्लेषण गरे। ‘ओलीसँग अल्पमत हुन्छ। केही गरी काँग्रेससँग मिलेर सरकार बन्दा त कांग्रेसले ओलीलाई उठ भने उठ र बस भने बस पारिहाल्छ।’  तर, उनले ओलीका लागि अहिले देखिएकाे सहज बाटाे र चाल्न सक्ने कदमको रूपमा भने पार्टी फुटाएर काँग्रेससँग मिलेर सरकार गठन गर्ने सम्भावना नै बढि रहेकाे बताए। थाहाखबर

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।