धनगढी, २२ कात्तिक । बझाङमा गरिएको परिक्षणमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।



पछिल्लो २४ घण्टामा ९१ जनाको परिक्षण गरिएकोमा थप ७ जनामा संक्रमण पुष्टी भएको जिल्ला अस्पताल बझाङका प्रयोगशाला इन्चार्ज नरेश खड्काले जानकारी दिए ।
संक्रमण पुष्टी हुनेमा जयपृथ्वी नगरपालिकाका ३ जना, खप्तडछान्ना गाउपालिकाका, थलारा गाउपालिका, छबिसपाथीभारी गाउपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला असपतालका १ / १ जना गरी ७ जना रहेका छन ।

Views: 144

























