२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

बलात्कार आरोपित शिक्षक तारेखमा छुटे

डोटी, २२ कार्तिक । छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षकलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारेखमा छोडेको छ ।

केआईसिंह गाउँपालिका–४ की १९ वर्षीया किशोरी गर्भवती समेत थिइन् । गाउँकै झिमेमालिका माविका शिक्षक सोफीनाथ भट्टले बलात्कार गर्दा गर्भ बसेको किशोरीले बताएकी छन् ।

कारागार पुर्‍याउनुपर्ने व्यक्तिलाई अदालतले तारेखमा छोडिदिँदा अन्याय भएको पीडितको गुनासो छ । ‘अदालतप्रतिको विश्वास नै गुम्यो,’ किशोरीका काकाले भने, ‘एकातिर गर्दै नगरेको गल्तीले छोरीको भविष्य बर्बाद भयो, अर्कातिर दोषीलाई थुनामा राख्नुको साटो अदालतले मनोबल बढाएर गाउँमा पठाइदियो ।’

कात्तिक १ गते जिल्ला अस्पताल डोटीमा परीक्षण गर्दा किशोरीको पेटमा १३ साता ४ दिनको भ्रूण रहेको पुष्टि भएको थियो । उनले काठमाडौं गएर गर्भपतन गराइसकेकी छन् ।

जिल्ला अदालत डोटीका न्यायाधीश विदुर काफ्लेको इजलासले बुधबार भट्टलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतको फैसला चित्त नबुझेपछि उच्च अदालतमा पुनरावेदन गरेको सरकारी वकिलको कार्यालय डोटीका न्यायाधिवक्ता पूर्णबहादुर केसीले बताए ।

शिक्षक भट्टले विद्यालयको वनभोजमा गएका बेला खिचिएको तस्बिर देखाएर ‘ब्ल्याकमेल’ गर्दै पटकपटक बलात्कार गरेको किशोरीको आरोप छ । त्यसपछि उनले सबै घटना बताएपछि परिवारले किटानी जाहेरी दिएको थियो ।

जिल्ला न्यायाधीश काफ्लेले ‘प्राप्त प्रमाणका आधारमा प्रतिवादी भट्ट कसुरदार रहेको विश्वास गर्ने ठाउँ भए पनि उनी शारीरिक अशक्त हुनुका साथै अभियोग र अधिकतम सजायलाई आधार मानेर थुनामा राख्नुपर्ने आवश्यकता नरहेको’ उल्लेख गरेका छन् ।

आरोपित भट्ट एउटा खुट्टा खुम्च्याएर हिँड्छन् । न्यायाधिवक्ता केसीले मुलुकी फौजदारी संहिता २०७४ अनुसार भट्टलाई तत्काल फेला परेका प्रमाणका आधारमा ७ देखि १० महिनासम्म कारागारमा राखी पुर्पक्ष गर्न सकिने व्यवस्था हुँदाहुँदै धरौटीमा पुर्पक्ष गर्ने आदेश चित्तबुझ्दो नभएको बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।