२०८३ कार्तिक ६ बिहीबार
२०८३ कार्तिक ६ बिहीबार

कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरमाथि सनराइजर्स हैदराबादले जित

अबुधाबी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटरमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरमाथि सनराइजर्स हैदराबादले जित निकालेको छ। शेख जायद रंगशालामा शुक्रबार राति सम्पन्न खेलमा हैदराबाद ६ विकेटले विजयी भएको हो।

हैदराबादले टस जितेर फिल्डिङ रोजेको थियो। त्यसपछि ब्याटिङको निम्ता पाएको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। १३२ रनको सामान्य लक्ष्य पछ्याएको हैदराबादले २ बल बाँकी हुँदा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

हैदराबादका लागि केन विलियम्सनले नटआउट ५० रन बनाए। त्यस्तै ज्यासोन होल्डर र मनिष पाण्डेले समान २४ रन जोडे।

बैंगलोरका मोहम्मद सिराजले २ तथा आडम जाम्पा र युजवेन्द्र चाहलले समान १/१ विकेट हात पारे।

यसअघि ब्याटिङ गरेको बैंगलोरका एबी डि भिलियर्सले ५६ रन जोडे। त्यस्तै आरोन फिन्चले ३२ रन बनाए। ओपनिङमै आएका कप्तान विराट कोहली भने ६ रनमै पेभिलियन फर्किए।

बैंगलोरलाई सामान्य स्कोरमै समेट्न हैदराबादका ज्यासोन होल्डरले ३ तथा टी नटराजनले २ विकेट लिए। त्यस्तै शाहबज नदिमले १ विकेट आफ्नो नाममा पारे।

जितसँगै हैदराबादले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँगको भेट पक्का गरेको छ। दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो।

हैदराबाद र दिल्लीबीचको विजयी टिमले मुम्बईसँग फाइनलमा मंगलबार भिड्नेछ। एजेन्सी

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।