२०८३ भाद्र ३ बुधबार
२०८३ भाद्र ३ बुधबार

भागेश्वरमा नमुना किसान उत्पादन याेजना तालिम सम्पन्न

भागेश्वर / डडेल्धुरा – भागेश्वर गाउँपालिका /ग्रामिण जलश्राेत व्यवस्थापन परियाेजनाकाे अा व २०७७/०७८ काे वार्षिक कार्यक्रम अन्तरगत जीविकाेपार्जन कार्यक्रमवाट दुई दिने नमुना किसान उत्पादन याेजना तालिम भागेश्वर ४ स्थित सत्कटा खानेपानी तथा सरसफाई याेजनामा अाज सम्पन्न भएकाे छ ।

अाज भागेश्वर गाउँपालिका वडन नं ४ डुङगरिमा कार्यक्रम सम्पन्न गरिएकाे ग्रामिण जलश्राेत व्यवस्थापन परियोजनाका वरिष्ठ जीविकोपार्जन सहजकर्ता दामाेदर भट्टले जानकारी दिनुभयाे ।

जम्मा २७ जना किसानकाे सहभागितामा सम्पन्न उक्त कार्यक्रमले नमुना किसान उत्पादन गरि ब्यवसायिक रुपमा तरकारी उत्पादन गर्दै किसानहरुले हालकाे भन्दा अधिक अायअार्जन गर्न सक्ने वातावरण सिर्जना गर्ने उद्धेश्य ले कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे ।

सत्कटा खानेपानी तथा सरसफाई याेजनालाई बहुउद्धेशिय याेजनाकाे रुपमा निर्माण गर्दै उक्त याेजना काे सेवा क्षेत्रभित्रका अगुवा किसान, व्यापारी , सहकारीका प्रतिनिधि, गा पा कृषि शाखाकाे सहभाीतामा व्यवसायिक याेजना समेत तयार गरि व्यवसायिक तरकारी खेतीकाे लागी पकेट क्षेत्रकाे रुपमा विकास गर्ने लक्ष्यका साथ परियाेजनाले कार्य संचालन गरिरहेकाे छ ।

यस वाहेक पुर्ण सरसफाई टाेल घाेषणा गर्न सरसफाईका विभिन्न क्रियाकलाप संञ्चालन भईरहेकाे ले यसै अार्थिक वर्ष भित्र नमुना टाेल घाेषणा गर्न अावश्यक पहल तथा सहयाेग गरिने भागेश्वर गाउँपालिकाका गाउँपालिका जलश्राेत प्रमुख भण्डारीले बताउनु भयाे ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।