२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

भारतीय नागरिकलाई नेपाल प्रवेशको मागः कञ्चनपुर र कैलालीका सीडीओलाई पत्र

कञ्चनपुर– अन्तरराष्ट्रिय निमय अनुसार भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न अनुमति दिने सम्बन्धमा निर्देशन दिन भारतीय पक्षले पत्रारचार गरेको छ। भारतको उत्तर प्रदेश लखिमपुर खिरीकाका जिल्ला अधिकारी शैलेन्द्र कुमार सिंहले ५ अक्टुबरमा कञ्चनपुर र कैलालीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै नेपाल–भारत शान्ती तथा मैत्री सन्धी १९५० अनुरुप भारतीय नागरिकलाई समेत नेपाल प्रवेश गर्न अनुमति दिन अनुरोध गरेका हुन्।

प्रशासन कार्यालयलाई प्राप्त पत्रमा कोरोना महाकारीका कारण लकडाउनमा फसेका नागरिकहरुलाई आफ्नो देशमा जाने वातावराण मिलाउन दुशै देशका स्थानीय प्रशासनले सीमानामा अनुमति दिएको उल्लेख गर्दै भारतीय गृहमन्त्रालयको आदेश अनुसार भारतीय क्षेत्रमा कुनै पनि नेपालीको आगमन र सामानमाथी प्रतिबन्ध नलगाइएको लेखिएको छ ।

भारतीय पक्षले पठाएको पत्रलाई गृहमन्त्रलायमा पठाईको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए। उनले सीमानाका खोल्ने विष्यमा केन्द्रले नै निर्णय गर्ने बताउदै माथीको निर्देशनका आधारमा अगाडी बढिने बताए।

यसरी बन्द भएको थियो नाका
कोरोना भाइरसको महामारी बढेसँगै सरकारले गत चैत ११ गतेबाट देशभरका सीमानाकाहरु बन्द गर्दै लकडाउनको घोषणा गर्यो। तीन महिनासम्म पूर्ण लकडाउन गरेको सरकारले त्इसपछि केहि खुकुलो गर्दै अहिले लकडाउन हटाएपछि सीमानाका भने औपचारिक रुपमा खोलेको छैन। तर अनौपचारिक रुपमा भने गत जेठ १२ गतेबाटै पश्चिमी सीमानाका गड्डाचौकी र गौरीफन्टा नाका खुला गरिएको छ।

त्यहाँबाट अहिले पनि दैनिक दुई हजार नेपालीहरु भारत गइरहेका छन् भने एकहजार बढी नेपालीहरु स्वदेश भित्रिरहेका छन्। यसरी भारत भित्रिनेहरुलाई नागरिकताको आधारमा नेपाल प्रवेश गर्न दिइएको छ भने भारत जानेहरुले भारतीय आधार कार्ड, रासन कार्ड तथा सम्बन्धीत जिल्ला प्रशासनको सिफारिस लिएर जाने गरेका छन्।

अनौपचारिक रुपमा नाका खोल्दा नेपाल–भारत दुबैतर्फबाट आ–आफ्ना नागरिकलाई स्वदेश भित्र्याउनका लागि नाका खोलिएपनि पछिल्लो समय भने नेपालीहरु रोजगारी कै लागि भारत जान पाइरहेका छन्। उनीहरुलाई भारतीय पक्षले कुनै किसिमको हस्तक्षेप गरेको छैन्। तर नेपालमै व्यापार व्यवसाय भएका भारतीय नागरिकहरुलाई भने नेपाली नागरिकता नभएकै कारण नेपाल प्रवेशमा रोक लगाइएको छ। जसले गर्दा भारतीय पक्षले आफ्ना नागरिकलाई समेत नेपाल प्रवेश गर्न दिन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र कैलालीमा पत्राचार गरेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।