२०८३ भाद्र ३ बुधबार
२०८३ भाद्र ३ बुधबार

डडेल्धुराका पत्रकार बोहरालाई ज्यान मार्ने धम्की

धनगढी:  डडेल्धुरामा कार्यरत पत्रकार ललित बोहरालाई ज्यान मार्ने धाम्की आएको छ । उनलाई नेपाल रेडक्रस सोसाईटी डडेल्धुराले सञ्चालन गरेको ब्लड बैंकका इन्चार्ज गणेश ऐरले ज्यान मार्ने धम्की दिएका हुन् ।

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका कार्यसमिति सदस्य तथा जनता टिभी, नेपाल लाईभमा संवाददाता र इन्फोखबर अनलाईनका प्रकाशक रहेका पत्रकार बोहरालाई समाचारको विषयलाई लिएर ज्यान मार्ने धम्की आएको हो । उनले ‘ब्लड बैँक डडेल्धुराको चरम लापरवाही, रक्त दान गर्न ८ घण्टासम्म भेटीएन् कर्मचारी’ भने शिर्षकको समाचार लेखेका थिए ।

समाचार मिडियामा आएपछि उनलाई मंगलबार राति ९ बजे ब्लड बैंकका इन्र्चाज ऐरले तिमी समाचार लेख्ने को हो ? तिमीलाई म कोठामा थुनेर बन्द गरेर मार्ने फोनमार्फत धम्की दिएका छन् । 

यस विषयमा पत्रकार बोहरा भन्छन् ‘मलाई नवदुर्गा गाउँपालिका स्थानीयले राति ३ बजेबाट रेडक्रस बन्द छ, रगत तान्ने मान्छे छैन् भनेर जानकारी दिए । त्यसपछि  म बिहान ८ बजे रेडक्रसमा पुगे, त्यहाँ रक्तदाता समाज डडेल्धुरा रगत दान गर्ने मान्छे आएका थिए तर तान्ने मान्छे आएका थिएन् ।’

त्यसै आधारमा जनताको गुनासो समेटेर समाचार बनाएको ललित बोहराले बताए । समाचार सम्प्रेषण भएपछि बुधबार राति इन्र्चाज ऐरले फोनमार्फत ज्यान मार्ने धम्की दिएको उनले बताए ।  उनले जिल्ला प्रहरी कार्यलयमा उजुरी दिने तयारी गरिरहेको जानकारी दिए । 

यस विषयमा  ब्लड बैंकका इन्चार्ज गणेश ऐरलाई बुझ्न खोज्दा उनले घटनाबारे बोल्न चाहेनन् । 

https://archive.org/embed/phone-record-ganesh-ayer

 

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।