२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

शुक्लाफ़ाटा नगरपालिकाले बिस्वाश्नीय सेवा प्रबाह गर्न सकेन्

गौरव बिष्ट /कञ्चनपुर- कञ्चनपुरको मध्यभागमा रहेको शुक्लाफ़ाटा नगरपालिका बदमासी र बदनामी नगरपालिकाको रुपमा दिनप्रतिदिन परिचित हुदै गएको छ।

जनतालाई छिटो छरितो र सहजरुपमा बिस्वाश्नीय सेवा प्रबाह गर्ने एक सरकारी कार्यालयको रुपमा चिरपरिचित हुनुपर्ने स्थानीय सरकार एक पछि आर्को बदनामी र बदमासी गर्दै आफ्नो छुट्टै नाम बनाई चिनिन सफल भएको छ ।

शुक्लाफ़ाटा नगरपालिकाको कार्यालय जहा हुदै नभएका एवम प्रक्रियागत भन्दा बाहिर गएर कार्यसम्पादन गर्दै केहि समय अगाडी बिद्यालय बेचबिखन तथा स्थानान्तरण गरेको थियो शुक्लाफ़ाटा नगरपालिकाको शिक्षा शाखाले नगरपालिका भित्र रहेका बिभिन्न सरकारी तथा निजि बिद्यालयका प्रतिनिधिहरु र स्थानीय एवं संघ सस्थाले गलतको बिरोध गर्दा पानी मुनिको ओभानो त् बन्न खोज्यो तर त्यो घटना सेलाउन नपाउदै फेरी शुक्लाफ़ाटा नगरपालिकाकै कृषि शाखाले तहल्का मच्चाएको छ।

नगरपालिकाले सहकारी र समूह मार्फत नगरपालिकाका कृषक दाजुभाई एवं दिदीबहिनीहरु लाई अनुदानमा बिउ बिजन गर्न त् खोज्यो तर सर्वसाधारण ले बजारमा पाउने मुल्य भन्दा करिब २ गुणा महँगोमा,महँगो मात्रै हैन उत्पादन मिति र समाप्त मिति समेत उल्लेख गरिएका थिएनन।

सोहि बारेमा हामीले सम्बन्धित शाखा अधिकृत संग बुझ्न खोज्दा आफुले नै आह्वान गरि खरिद गरिएका सामाग्रीमा सामाग्रीको गुणस्तर,कम्पनी,उत्पादन मिति,सामाग्रीको मुल्य समेत अनुगमन नगरी सोझा साझा किसानलाई शुक्लाफ़ाटा नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदान हैन २ गुणा बढी रकम असुल्दै किसानकै ढाड सकेको छ पिडित किसानहरु ले बताए।

हुन् त् नगरपालिकाका बिभिन्न शाखा मार्फत कार्य सम्पादनको जिम्मेवारी प्रदान गरेको भए पनि नगरपालिका भित्र गठन गरिएको अनुगमन समिति र प्रशासनले समेत ध्यान दिनुपर्ने कुरा हो।

नगरपालिकामा एक पछि आर्को गलत क्रियाकलाप हुदै गर्दा प्रशासनले तत्काल त्यस्ता क्रमचारी लाई कारवाही गर्न नसक्नु आफैमा कमजोर साबित हुनु हो जनताको हित र संरक्षण भन्दा पनि आफ्नो कमिशन र बचाउमा छन् शुक्लाफ़ाटा नगरपालिकाका कर्मचारीहरु।

No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।