२०८३ भाद्र २ मंगलवार
२०८३ भाद्र २ मंगलवार

जाडोको समयमा बदाम खानुका फाईदा

धेरैले जाडोको समयमा घाममा बसेर बदाम खानमा रमाइलो मान्ने गर्छन् । मानिसले बदाम खाने गरे पनि यसका फाइदाका बारेमा भने खासै जानकार हुँदैनन् ।

नियमित बदाम खाँदा भने यसले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । यसका फाइदा यस्ता छन्‌:

मुटुरोगीका लागि फाइदाजनक

नियमित बदाम खाँदा हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ। बदाममा हुने ‘एन्टी अक्सिडियन्ट’ र खनिज तत्वले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ ।

क्यान्सरबाट जोगाउँछ

बदामको नियमित सेवनले क्यान्सरजस्तो घातक रोगबाट पनि बचाउँछ । बदाममा पाइने फाइटोस्टेरोल नाम गरेको तत्वले ट्युमरलाई नियन्त्रण गर्नका साथै क्यान्सर हुनबाट जोगाउँछ ।

मधुमेहबाट जोगाउँछ

बदामले मधुमेहबाट पनि जोगाउन मद्दत गर्छ । यसमा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राख्न सघाउँछ ।

डिप्रेसनबाट बचाउँछ

बदाममा ‘ट्राइपटोफन’ नामक तत्व पाइन्छ । यसले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ। स्ट्रेस र तनावबाट मुक्त हुनका लागि दैनिक एक मुठी बदाम खाँदा फाइदा हुन्छ ।

वजन नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ

बदाम खाँदा पेट छिट्टो डुम्म हुन्छ । जसले गर्दा धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल कम हुने सम्भावना हुन्छ । मोटा मानिसले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ ।

गर्भवती र शिशुलाई फाइदा

बदाममा हुने फोलिक एसिडले न्युरल ट्युब डिफेक्टस भएको शिशुलाई फाइदा गर्छ । गर्भाधारणको शुरुदेखि नै यस्ता समस्याबाट बच्न महिलाले बदाम खाँदा फाइदाजनक हुन्छ ।

कोलेस्टेरोल नियन्त्रण गर्छ

बदाममा पाइने‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

छालामा चमक आउँछ

बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ । साथै यसमा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ । बदाममा छालालाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ।

नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।