गोकर्ण पाण्डे/गुल्मी:-गुल्मीका एकजना कोरोना संक्रमित पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नंं. ६ का ८५ वर्षीय पुरुषको अपचारका क्रममा मंगलबार साँझ साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।



ति पुरुष कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार उनी उच्च रक्तचापका दीर्घरोगी थिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गुल्मीमा हालसम्म ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
Views: 132

























