२०८३ भाद्र २१ आईतवार
२०८३ भाद्र २१ आईतवार

भारतीय सेना प्रमुखको भ्रमणले दुई देशबीचको तिक्तता हट्न सक्ने

काठमाडौं – भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणले दुई देशबीचको तिक्तता हट्न सक्ने सम्भावना रहेको छ । दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन सेना प्रमुख नरवणेको भ्रमणले सहज स्थिति सिर्जना हुन सक्ने संकेत देखिएको छ ।

यसअघि परम्परागत रूपमा भारतीय सेना नेपाली सेनाको निमन्त्रणामा आउने गरेको भए पनि यस पटकको भ्रमणलाई विशेष रूपमा लिइएको छ । सेनापति मनोजकुमार नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ रथीको दर्जा दिनेछिन् । यसअघि भारतका सेना प्रमुखलाई पनि मानार्थ रथीको दर्जा ग्रहण गराउँदै आइएको भए पनि यसपटकको नरवणेको भ्रमणले विशेष अर्थ राख्नेछ ।

उनले सो दर्जा पाएसँगै यहाँ राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । कालपानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवादका कारण दुई देशबीच तिक्तता बढिरहेको बेला नरवणेको भ्रमणले दुई देशको राजनीतिक र कूटनीतिक तहमा लागेको ग्रहण केही हदसम्म हट्ने अपेक्षा लिइएको छ । भारतले काश्मीरको समस्याबाट उन्मुक्ति पाउन आफ्नो युनियन सरकारअन्तर्गत राखेसँगै नयाँ जारी भएको राजनीतिक नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएपछि दुई देशको सम्बन्धमा तिक्तता आएको थियो । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।