डोटी – डोटीमा सम्पन्न खुल्ला मैत्री क्रिकेट प्रतियोगिताको उपाधी वाईवाईसीसी दिपायलले जितेको छ । वाईवाईसीसी दिपायल र शिखर ब्वाईज बिच भएकोे अन्तिम फाईनल खेलमा वाईवाईसीसीले ४ विकेटले उपाधी जितेको हो ।



१५ ओभरको खेलमा शिखर ब्वाईजले ७ विकेट गुमाउदै ८८ रन बनाएको थियो । ८९ रनको लक्ष्य सहित मैदानमा उत्रिएको वाईवाईसीसी दिपायलले ६ विकेट गुमाउदै १४ ओभर १ बलमा सो लक्ष्य प्राप्त गरेकोस्थानिय दिपक बलायरले जानकारी दिए ।
विजयी भएसंगै वाईवाईसीसी दिपायलले नगद रु २५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । शिद्ध बाबा रोयल क्लबका अध्यक्ष अमरबहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि शिखर नगरपालिका उप–प्रमुख धोलिदेबि रावल रहेकी थिईन । कार्यक्रममा बिशिष्ट अतीथी वडा सदस्य सान्त बहादुर रोकाया र आमन्त्रित कार्यपालिका सदस्य गणेश बिक रहेका थिए । कार्यक्रमको स्वागत मन्तब्य दिपक बलायरले गरेका थिए भने भने संचालन कैलास बलायरले गरेका थिए ।
शिखर नगरपालिका – ११ बारपाटामा रहेको शिद्धबाबा रोयल क्लबको आयोजनामा भएको प्रतियोगिता कात्र्तिक १२ गतेदेखी सुरु भएको थियो ।

























