२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

कक्षा १२ को ४० पूर्णांकका नमूना प्रश्नपत्र कसरी हेर्ने ?

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का ४१ वटा विषयका संक्षिप्त पूर्णांकका नमूना प्रश्नपत्र सार्वजनिक गरेको छ। बोर्डले धेरै विद्यार्थी संख्या हुने ४१ विषयका नमूना प्रश्नपत्र वेबसाइटमार्फत सार्वजनिक गरेको हो। 

बोर्डले आगामी ९ मंसिरबाट शुरु हुने कक्षा १२ को परीक्षामा ४० प्रतिशत मूल्यांकनका लागि नमूना प्रश्नपत्र सार्वजनिक गरेको हो।

कोभिडका कारण ४० प्रतिशत मूल्यांकनका लागि बोर्डबाट परीक्षा लिने भएको हो। विद्यार्थीमा अन्योलता नहोस् भनेर नमूना प्रश्नपत्र सार्वजनिक गरेको बोर्डले जनाएको छ।

बोर्डले सैद्धान्तिक परीक्षाको नम्बरलाई १०० प्रतिशत मानेर त्यसको ४० प्रतिशत मात्रै मूल्यांकनका लागि परीक्षा लिन लागेको छ। ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा लिइने र २० प्रतिशत आन्तरिक मूल्यांकन हुने गरी कार्यविधि तयार गरेको छ। बोर्डले हिमाली क्षेत्रमा प्रश्नपत्रको ‘हार्डकपी’ पठाउने र अन्य क्षेत्रका विद्यालयमा इमेलमार्फत प्रश्न पठाउने तयारी गरेको जनाएको छ।

कक्षा १२ को परीक्षा गत ८ वैशाखबाट शुरु हुने कार्यतालिका रहे पनि कोरोना भाइरसको जोखिम बढेपछि परीक्षा स्थगित भएको थियो। ९ मंसिरदेखि बिहान ८ देखि साढे ९ बजेसम्म ढेढ घन्टा सञ्चालन गर्ने भएको छ।

परीक्षामा नमूनामा सोधिएका प्रश्नपत्रको युनिट तथा च्याप्टर एउटै नभई फरक हुन सक्नेछन्। यस वर्ष कक्षा १२ को परीक्षा फारम भरेका सबै माध्यमिक विद्यालयमा परीक्षा केन्द्र भएका छन्। देशभरमा कक्षा १२ को परीक्षाका लागि चार हजार एक सय पाँच परीक्षा केन्द्र कायम भएका छन्।

बोर्डले विद्यार्थीले पढेको विद्यालयमा पुगेर परीक्षा दिन सम्भव नभएमा अहिले विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेको छ।

तर, काठमाडौं उपत्यकाभित्रका जिल्लाका विद्यार्थीले भने पढेकै विद्यालयमा परीक्षा दिन जानुपर्नेछ। बोर्डले परीक्षा दिनका लागि प्रवेशपत्र अनिवार्य गरेको छ। कक्षा १२ मा चार लाख ३३ हजार ६ सय परीक्षार्थी छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।