२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

बुधबार सुदूरपश्चिम प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि

धनगढी । बुधबार सुदूरपश्चिम प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७ र डडेल्धुरा प्रयोगशालामा ८ गरी आज १५ जनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेल्धुरा प्रयोगशालामा आज डोटीका सात र बझाङका एक जनामा कोरोना पुष्टि भएको छ।
आजै धनगढीस्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा कञ्चनपुरका चार, कैलालीका दुई र बझाङका एक जना गरी सात जनामा संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार आज संक्रमण पुष्टि भएकामा कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर १२ का ५३ बर्षीय पुरुष र वडा नम्वर १९ की १८ बर्षीया युवती रहेकी छन्।
यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर १ की चार वर्षीया बालिका र २४ वर्षीया युवती, बेदकोट नगरपालिका वडा नम्वर ४ की २२ वर्षीया युवती र ५२ वर्षीय पुरुष र बझाङको छव्विसपाथिभेरा गाउँपालिका वडा नम्वर ६ का २० वर्षीय युवकमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
संक्रमण पुष्टि भएका मध्य २ हजार २ सय २ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।