कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजार क्षेत्रमा एक बेवारिसे शव भेटिएको छ।



जिल्ला स्वास्थ्य कार्यालय अगाडी निर्माणाधीन भवनभित्र मंगलबार अन्दाजी ४२ वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार निर्माणाधीन भवनको भित्री कोठामा शव फेला परेको हो । घटनाबारे अनुसन्धान भईरहेको डिएसपी थापाले बताए ।
Views: 123

























