कञ्चनपुर – कञ्चनपुरमा यस वर्ष उत्पादनमा बृद्धि भएको छ। जिल्लामा गत वर्षको तुलनामा १५ प्रतिशतले धानको उत्पादन बृद्धि भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ।



ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यस वर्ष जिल्लामा धानको उत्पादकत्व प्रति हेक्टर ४ दशमलव १ मेट्रिक टन रहेको छ। गत वर्ष यहाँ धानको उत्पादकत्व प्रति हेक्टर ३ दशमलव ५९ रहेको छ। ज्ञान केन्द्रका अनुसार यस वर्ष ३ लाख ४२ हजार मट्रिक टन धान उत्पादन भएको छ। गत वर्ष ३ लाख २२ हजार मेट्रिक टन धान उत्पादन भएको थियो।
‘समयमै वर्षा हुनुका साथै उन्न बिउविजन र सिंचाइ सुविधा पनि बढेकाले धानको उत्पादनमा बृद्धि भएको हो,’ कृषि ज्ञान केन्द्र कञ्चनपुका प्रमुख दिल बहादुर विष्टले भने, ‘फुल फुल्ने र दानामा दुध भरिने बेला भएको वर्षाले राम्रो फइदा पुर्यायो, समग्रमा १५ प्रतिशतले उत्पादन बृद्धि भएको छ।’ उनका अनुसार पछिल्लो समय उन्नत बिउविजनको प्रायेग बढ्दै गएका कारण समेत उत्पादनमा बृद्धि भएको हो।
जिल्लामा केही वर्षयता देखि सिंचाइ सुविधा पनि बढेको छ। महाकाली सिंचाई आयोजनासँगै ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोनले भूमिगत सिंचाइका साधनहरु प्नि वितरण गरेका छन्। यसले समेत सिंचाइ सुविधा निकै बढाएको छ।
कञ्चनपुरमा ५० हजार हेक्टरमा धान खेती गरिदै आएको छ। जिल्लामा चैते धानको उत्पादन पनि राम्रो हुने गरेको छ।

























