बैतडी, १८ कार्तिक । बैतडीमा ढंङ्गाले लागेर एक महिला मजदूरको मृत्यु भएको छ । खोडपे–सौखाया सडकखण्डको खोल्देखाली भन्ने स्थानमा गिट्टी निकालिरहकी पाटन नगरपालिका ८ खोडपेकी ४० वर्षीया कौशा विष्टको माथिबाट आएको ढुङ्गाले लागेर मृत्यु भएको स्थानीय कृष्ण विष्टले जानकारी दिए ।



गम्भीर घाइते कौशाको उपचारको लागि डडेल्धुरा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
Views: 145

























