धनगढी । कैलालीका १७ सहित सुदूरपश्चिममा थप २० जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा २ सय ७८ जनाको परीक्षण गरिएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका वडा नम्बर ५ का ७ जना, वडा नम्बर १ का ४ जना, त्यसैगरी वडा नम्बर २, ३ र ७ का एकरएक जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–१, बैतडीको दशरथचन्द नगरपालिका–३ र दार्चुलाको महाकाली नगरपालिका खलंगाकामा एकरएक जना संक्रमित समेत थपिएका सूचना अधिकारी श्रेष्ठले बताए ।
Views: 142

























