२०८३ असार १६ मंगलवार
२०८३ असार १६ मंगलवार

माछा मार्दै महिला (फोटो फिचर)

कञ्चनपुर । कैलाली-कञ्चनपुरका थारु समुदायहरु अहिले बिभिन्न नदि खोलामा माछा मार्नमा व्यस्त देखिने गरेका छन । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा बसोवास गर्दै आईरहेका थारु गाँउका महिलाहरु वडाकै एक खोलामा सोमवार दिउँसो माछा मार्नमा व्यस्त देखिएका थिए ।

No description available.

माछा मार्नका लागि उनीहरु खाल्डाखुल्डी र पानी जमेको खेतमा यसरी माछा मार्दै गरेका थारु महिलाहरु प्रशस्तै भेटिन्छन् ।असारको अन्तिमतिर रोपाईं सकेर फुर्सदिला भएका महिलाहरु धान नपाक्दासम्मको समयमा खाल्डाखुल्डी र पानी जम्ने खेतमा लाम लागेर माछा मार्ने गर्छन् ।

No description available.

माछा खोला नालामा सहजै पाइने हुनाले पनि थारु समुदायले माछालाई मुख्य परिकार मान्दै आएका छन् । पाहुनाको सत्कारका लागि पनि माछा नै मुख्य परिकार हो । महिला मात्र होइन् फुर्सदको समयमा पुरुषहरु समेत माछा मार्न पुग्छन्। साना माछा सुकाएर सिद्रा बनाउने र ठूलो माछाको सुकुटी बनाउने गरेका छन ।

No description available.

माछा मार्न थारुहरु आफैंले बनाएका औजार प्रयोग गर्छन्। महिला र पुरुषहरुले फरक–फरक औजार प्रयोग गरी माछा मार्छन्।  महिलाहरुले हेल्का, पखै र तापीको प्रयोग गरेर माछा मार्छन् भने पुरुषहरुले खोङ्ग्या, ढरिया, जाल, महाजाल र च्युढी प्रयोग गर्छन् । 

No description available.


 #कञ्चनपुर

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।