विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणकै बीचमा खेलकुद क्षेत्र भने सक्रिय देखिन्छ । यद्यपि खेलकुद क्षेत्र पनि कोरोनाको मारबाट अछुतो भने छैन । एउटै क्लबका ११ खेलाडीमा संक्रमण पुष्टि भएको छ ।



डच क्लब आयाक्सका ११ खेलाडीमा संक्रमण पुष्टि भएको हो । च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेल अघि भएको परीक्षणका क्रममा ११ खेलाडीमा संक्रमण पुष्टि भएको हो ।
आयाक्सले ११ खेलाडीमा संक्रमण पुष्टि भएपछि १७ खेलाडीसहित डेनमार्क भ्रमणमा निस्किएको जनाएको छ । च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको तेस्रो खेल त्यहाँ खेल्दै छ ।
समूह ‘डी’ मा रहेका आयाक्सकाले उक्त खेल बुधबार खेल्नेछ । उसका ११ खेलाडी भने आइसोलेशनमा छन् ।
Views: 144

























