२०८३ कार्तिक ३ सोमबार
२०८३ कार्तिक ३ सोमबार

बाैलाह भीम उपाध्याय !

 पछिल्लो समयमा सामाजिक संञ्जालमा जाे काेहि जाेडिएकाे पाईन्छ । सबैले सुनेकाे नाम हाे भीम उपाध्याय । उपाध्यायले सरकारि जागिर बाट अवकास पाई सकेका छन् । नेपाल सरकारका पूर्व सचिव थिए उपाध्याय ।

जागरि बाट रिटायर भएपछि उनले ” भष्टाचार बिरुद्ध काे अभपया फेसबुक बाट नै सुरु गरे” । नेपालमा संघियता अायाे तर जनताकाे जिवनकाे गुणस्तरमा खासै परिवर्तन अाएकाे देखिएन । देशमा भष्टाचार बढिरहेकाे समयमा उनलाई सबै ७७ जिल्ला बाट मात्र हाेईन बिदेश बाट समेत सुचना अाउने गरेकाे बताउछन् ।

किन बाैलाह भए भीम उपाध्याय । नेपालमा राम्रो काम गर्ने व्यक्ति लाई पागल बाैलाह नै भनिन्छ । नेपालमा पागल / बाैलाह भीम उपाध्याय, महाविर पुन, डा. गाेविन्द के सि हुन । यी बाैलनहहरु न त सरकार संग डराउछन् न त भारतियहरु संग । गाेरखलि हाै भन्नमा गर्व छ म कसै संग डराउदैन हर कसकै जवाफ दिन सक्छु म ।

सिर झुकाउने असल नेपालिकाे काम हाेईन । भीम उपाध्याय संग मेराे प्रतक्ष्य भेट त भएकाे छैन अाठ महिना अगाडि म उहाँ संग सामाजिक संञ्जालमा जाेडिए । सुदुर लाई सरकारकाे हेर्ने नजर फरकै रहेकाे पाईन्छ । भाैगाेलिक रुपमा विकट मानिने तर धार्मिक , वातावरणिय रुपमा निकै धनी रहेका छ सुदुर ।

उहाँ संगकाे कुराकानिमा म यिनै सुदुरका धार्मिक , वातावरणिय क्षेत्रका कुरा गर्थ्ये । उहाकाे फेसबुक बाल हेर्दा पुरै भष्टाचार र सहयाेग अपिलका मात्र पाेष्ट देख्थ्ये म निकै खुशि भए ।

मैले साेधे तपाईं याे अभियानमा किन दाजु उहाले भन्नू भयाे “म स्थानिय नागरिकका गुनासालाई त्यहि स्थानिय सरकारकाे प्रतिकृिया लिएर वास्तविकता बुझ्ने गर्छु र स्थनिय तहले गरेकाे गल्ती सच्याउने गर्छन । यसरी म मात्र हाेईन अब हरेक नागरिकले सुचना माग्नु जरुरि छ अब “। उहाले दशै पछिकाे केही दिन फेसबुक बाल महाविर पुनकाे सहयाेगि दाताहरुका लागि भरेका छन् ।

आर्थिक सहयोगको बाढी: उहाँ भन्नू हुन्छ -“माहाविर पुन नेतृत्वको आविष्कार केन्द्रका लागि ३ दिन अघि गरिएको सहयोगको अपिल पछि देश विदेशका नेपाली दाताहरूको बाढी आएको छ। मेरो मेसेन्जरमा दान दिन दिएको खबर आउनासाथ धन्यवाद भनेर जवाफ दिन पनि नभ्याउने गरी तीनदिन देखि मलाई अति नै ब्यस्त पारेको छ।

मेसेज हेरेँ है भन्न ? थम्ब लेखेर सजिलो सांकेतिक जवाफ दिन पनि नभ्याउनुका साथै यसरी एउटै आइकोन ? बारम्बार लेख्यो भनेर मेसेन्जरको एडमिनले त्यसलाई spam ठानेर reply failed भनिदिदा आईकन फेर्नु पर्ने बाध्यता सम्म आईपर्ने गरेको छ। प्राप्त सहयोग दाताहरू प्रत्येकप्रति आभार ब्यक्त गर्दै फेसबुकमा पोष्ट गर्न समेत समयले नभ्याएर ढिला हुन गएकोमा क्षमा चाहन्छु।

सबै दाताको नाम, फोटो र रकम समयले भ्याएसम्म यथाशिघ्र क्रमश: पोष्ट हुनेछ, ढिला हुनुको मूल कारण दाताको चाप बढेको र ईच्छुक ताताहरूको जिज्ञासालाई समेत सम्बोधन र सहजीकरण गर्न मेसेन्जरमा कुराकारी पनि गर्न परेकोले हो भनेर बुझिदिनुहोला।

धेरै जनाको मेसेज आउनाले तुरून्तै मेसेज पढ्न पनि नसकिरहेको अवस्था बनेको छ। नाम वा परिचय खुलाउन नचाहनेहरूबाट अनुरोध आएमा परिचय खुलाईने छैन, तर दान रकम भने सबैको खुलाईने छ। यसरी दाताहरू ओईरिनुले नेपालीहरू देश बिकासका निम्ति कति गंभीर र लालायीत छन् ? कसैले सही र विश्वासिलो काम गरेमा जनताले कसरी सहयोग र समर्थन गर्दा रहेछन्?

अधिकाँश नेपालीहरू कति दानी रहेछन् ? दान धन हुनेले हैन मन हुनेले गर्दारहेछन् भन्ने सन्देश दिइरहेको छ। विगत ३ दिनमा कति रकम संकलन भयो होला त्यसको पूरा विवरणको स्टेटमेन्ट बैंकले मात्र दिन सक्छ।

मकहॉ आएका रसिदहरूका आधारमा मैले पोष्ट गर्ने गरेको हुँ, सबै रसिद मसम़क्ष नआएका हुन सक्छन्। आगामी केही दिनसम्म सहयोगको यो बाढी निरन्तर हुने मेरो ऑकलन छ। बिदेशबाट आउने रकम यहॉ पुग्न न्युनतम ७२ घंटा लाग्न सक्छ। तसर्थ कूल एकिन जम्मा रकमको जानकारी पाउन अझै केही दिन लाग्न सक्छ। सबै मनकारी दाताहरू र शुभचिन्तकहरूमा नमन”??।

उहाँ यति मात्र हाेईन फेसबुक बाट सहयाेग संकलन , रगत व्यवस्थनपन , विभिन्न धार्मिक , क्षेत्रमा पनि सकृिय छन् ।

                                                         

                                        दिपकराज भट्ट (सुन्दर पश्चिम / डडेल्धुरा )

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।