कैलाली- कैलालीमा बन मुद्दामा फरार एक अभियुक्त पक्राउ परेका छन् । दुई लाख एक हजार नौ सय साठी जरिवाना भई बन मुद्दाका फरार भजनी नगरपालिका ९ भुरुवाका वर्ष ४७का छेदु राजीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी टोलीले खोजतलास गर्दै जाँदा ६ बर्सपछि उनलाई आफ्नै घरबाट पक्राउ गरेको छ ।
कैलाली जिल्ला अदालतको २०७१ वैशाख १७ गतेका फैसलाले उनलाई ३ महिना कैद र दुई लाख एक हजार नौ सय साठी जरिवाना गरेको थियो । त्यस लगत्तै उनी फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय भजनीबाट खटिइएको प्रहरी टोलीले राजीलाई आइतबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
पक्राउ परेका राजीलाई कैलाली जिल्ला अदालतमा दाखिला गरिएको विष्टले बताए ।
Views: 239



















