२०८३ कार्तिक ४ मंगलवार
२०८३ कार्तिक ४ मंगलवार

युभेन्ट्सको जितमा रोनाल्डोको दुई गोल

काठमाडौं । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियामाथि ४-१ को सहज जित निकालेको हो । 

युभेन्ट्सको जितका लागि रोनाल्डोले दुई गोल गर्दा अल्भारो मोराटा र एड्रेएन रबिओटले एक-एक गोल गरे । स्पेजियाका लागि टोमासो पोबेगाले एक गोल फर्काए ।

खेलको १४औं मिनेटमा युभेन्ट्सले अग्रता लिएको थियो । मोरोटाले म्याककेनिएको पासमा गोल गर्दै युभेन्टसलाई १-० को अग्रता दिलाए । ३२औं मिनेटमा टोमासोले बार्टोलोमेइको पासमा गोल गर्दै पहिलो हाफमा खेल १-१ को बराबरीमा ल्याएका थिए । 

दोस्रो हाफमा युभेन्ट्सले थप तीन गोल गर्‍यो । मैदान प्रवेश गरेका ३ मिनेट नबित्दै रोनाल्डोले गोल गरे । ५६औं मिनेटमा पाउलो डिबालाको स्थानमा मैदान प्रवेश गरेका उनले ५९औं मिनेटमा मोरोटाको पासमा गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए । 

६७औं मिनेटमा चेइसाको पासमा रबिओटले गोल गर्दा खेल ३-१ को स्थितिमा आएको थियो । तर, ७६औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ४-१ को फराकिलो जित दिलाएका हुन् । 

योसँगै लिगमा ६ खेल खेलेको युभेन्ट्स अपराजित छ । युभेन्ट्सले ६ खेलमा समान तीन-तीन खेलमा जित र बराबरी खेल्दै १२ अंक जोडेको छ । समान खेल खेलेको पराजित स्पेजियाले पाँच अंक जोडेको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।