काठमाडौं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्समाथि ६० रनको फराकिलो जित निकालेको छ ।



दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा कोलकाताले राजस्थान रोयल्सलाई जितका लागि दिएको १९२ रनको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनायो ।
राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै राहुल तेवातीयाले ३१ रन बनाउँदा श्रेयस गोपालले २३ रन जोडे ।
बलिङतर्फ कोलकाताका लागि प्याट कमिन्सले सर्वाधिक चार विकेट लिए । त्यस्तै शिभम मावी र भरुन चक्रवतीले समान दुई–दुई विकेट लिँदा कमलेस नगरकोटीले एक विकेट लिए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।
कोलकाताका लागि इयोन मार्गानले अर्धशतकीय पारी खेले । ३५ बल खलेका उनले ५ चौका र ६ छक्काको सहयोगमा ६८ रन बनाए । त्यस्तै राहुल त्रिपाठी ३९ रन बनाउँदा सुभम गिलले ३६ रन बनाए ।
बलिङतर्फ राजस्थानका लागि राहुल तेवाटीयाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कार्तिक त्यागीले दुई विकेट लिए । राजस्थानका लागि जोर्फा आर्चर र श्रेयस गोपाल समान एक–एक विकेट लिए ।


















