कञ्चनपुर- कञ्चनपुरबाट अवैध सालको काठ बरामद गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका–९ का खडकबहादुर देउवाको घरबाट अवैध काठ बरामद गरिएको जिल्ला प्रहरीले कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।
गोप्य सूचनाका आधारमा देउवाको घरमा परालले छोपेर राखेको ११ फिट लम्बाइ गोलाई ५।५ फिट भएको ९४२।१८ क्युफिट० अवैध सालको काठको १ थान गोलिया बरामद गरिएको उनले बताए ।
Views: 158




























