२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ

कञ्चनपुर- कञ्चनपुरको महाकाली नगरपालिकामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ गरेका छन्। 

महाकाली नगरपालिका १ मा रहेको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा करिब १ हजार बिगाहा क्षेत्रफलमा निर्माण हुने सुख्खा गन्दरगाहको आज शुभारम्भ गरिएको हो। सुख्खा बन्दरगाहको शुभारम्भ गर्दै मन्त्री भट्टले अन्तरदेशीय विशेष आर्थिक क्षेत्रको रुपमा देशभरी चार स्थानमा निर्माण गर्ने लक्ष्यका साथ कञ्चनपुरबाट शुरु गरिएको बताएका छन्। 

उनले सुख्खा वन्दरगाह, औद्योगिक कोरिडोर, एकीकृत जाँच चौकीलगायतका पूर्वाधारहरू निर्माण हुने बताउँदै कञ्चनपुरको दैजिक्षेला, अत्तरिया–धनगढी औद्योगिक कोरिडोर, हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्र, बांकेको नौबस्तामा औद्योगिक क्षेत्र निर्माण गरी अहिलेको सरकारले पुर्वदेखि पश्चिमसम्म औद्योगिक चेनको रुपमा विकास गर्ने लक्ष्य लिएको जनाएका छन् ।

पहिला दोधारा चाँदनीको कञ्जभोजमा सुख्खा बन्दरगाह निर्माणका लागि १२ किलोमिटर भारतको वन क्षेत्र पर्ने भएकाले भारतले सहमति गर्न नमानेको बताउँदै मन्त्री भट्टले मायापुरीमा सुख्खा बन्दगाह बनाउनका लागि अहिले भारतसमेत सहमत भइसकेको बताएका छन्। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।