२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

राष्ट्रपतिलाई काभ्रेकि युवतिले दिईन खुला पत्र ।

आदरणीय राष्ट्रपति ज्यु !
म हजुरकै देशको हजुर जस्तै महिला बालबालिका । सायद हजुरबाट अदृश्य छु, त्यसैले देख्नु भएको छैन मेरो भोगाइहरु या सायद हजुरको भवनको ठूलो पर्खालले छेक्दो हो । मेरो सानो शहर जहाँ म हरेक दिन निर्धक्क बाच्नकै लागि संघर्ष गरिरहेको छु । सायद हजुरको महँगो गाडी नपुग्दो हो म हिड्ने त्यो डरलाग्दो गल्लीहरुमा , जहाँ ब्वासोहरु मेरो शरीरको संवाद थाहाँ पाउन ढुकेर बस्छ्न् । नपुग्दो हो हजुरको नजरहरु मेरो घरको भित्ताभित्र जहाँ म आफ्नै दाजु, भाइ र बासँगै डराएर बसेकी छु ।
सायद नपुग्दो हो म जस्ता हजारौं छोरीहरु चिच्याएको आवाज हजुरको झ्याल , ढोकाबाट भित्र । बिन्ती एकपल्ट झ्याल र ढोका खोलेर हेर्नुहोस् , ध्यान दिएर हेर्नुहोस् र कान खोलेर सुन्नुहोस् । हेर्नुहोस् गल्ली-गल्लीमा लुटिएका निर्मलाहरुलाई । सुन्नुहोस् मन्दिरभित्रै मारिएको सम्झनाको चिच्याहटलाई । एक फेर कदम उचालेर त हेर्नुहोस् यी पापीहरुको कदम आफै पछि सर्नेछ ।

बिन्ती, मलाई निर्धक्कले हिड्न सक्ने बाटो बनाईदिनुहोस् या घोषणा गरिदिनुहोस् कि यो देशमा छोरी जन्माउन मनाही छ ।

हजुरको देशको हजुर जस्तै महिला
– तारा तामाङ
उमेर १४ बर्ष
पन्चखाल काभ्रे

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।