२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

दाङ तुलसीपुर निवासी एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ७० पुरुषको शनिवार दिउँसो नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा मृत्यु भएको छ। 

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी कात्तिक १३ गते अस्पतालमा भर्ना भएका थिए। 

१४ गते पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। शनिबार प्राप्त रिपोर्ट अनुसार उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। 

शनिबार विहान मात्रै दाङका एक जना ७० वर्षीय पुरुषको कारोनाका कारण कोहलपुरमा मृत्यु भएको थियो। 

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिवार विहान ५ बजे मृत्यु भएको थियो। 

योसँगै बाँके जिल्लामा हालसम्म बाँकेमा ४९ जना संक्रमितको मृत्यु भइसकेको  छ।

जसमा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १९ जना र बाँके जिल्लाका  ३० जना रहेको जिल्ला फोकल पर्सन श्रेष्ठले जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।