२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

विश्वभर कोरोना संक्रमितको संख्या चार करोड ६३ लाख नाघ्यो

काठमाडौं । हाल विश्वभर कोरोना संक्रमितको कुल संख्या चार करोड ६३ लाख ६५ हजार सात सय ३० पुगेको छ ।

संक्रमितमध्ये ११ लाख ९९ हजार सात सय १५ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर कोरोना भाइरस संक्रमण निको हुनेको संख्या तीन करोड ३४ लाख नाघेको छ ।

आज बिहानसम्ममा कोरोना संक्रमण निको हुनेको संख्या तीन करोड ३४ लाख ७७ हजार नौ सय ५५ पुगेको हो ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना संक्रमितको कुल संख्या ९४ लाखभन्दा बढी पुगेको छ ।

संक्रमितमध्ये ६० लाख ६२ हजारभन्दा बढी निको भएका छन् । त्यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३६ हजार ६६ पुगेको छ ।

भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८१ लाख ८२ हजारभन्दा बढी छ ।

त्यहाँ अहिले पनि पाँच लाख ७१ हजारभन्दा बढी संक्रमित अवस्थामा छन् । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार एक सय ४९ पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।