२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

१२ सय कैदी घरमा नै बस्न पाउन सक्ने !

हाल कारागारमा रहेका करिब ८ प्रतिशत कैदीले ‘वैकल्पिक कारागार’ का रुपमा घरमै बाँकी कैद सजाय भुक्तान गर्न पाउन सक्नेछन् । कारागार व्यवस्थापन विभागले एक महिना लगाएर तयार पारेको विवरण अनुसार वैकल्पिक कारागारमा बस्ने पाउने कैदीको संख्या १२ सय रहेको छ ।

‘नेगेटिभ’ सूचीमा नपरेका र दुई तिहाइ सजाय भुक्तान गरिसकेका तर १ वर्षभन्दा बढी अवधि बाँकी रहेका कैदीले घरमा नै बस्न वा सप्ताहान्तमा एक दिन वा राति मात्रै कारागारमा बस्न पाउने व्यवस्था वैकल्पिक कारागार हो ।

विभागका अनुसार अदालतबाट दोषी ठहर भइ सजाय भुक्तानरत र मुद्दाको पुर्पक्षमा भएका कैदी र बन्दी थुनुवा संख्या करिब २५ हजार छ । त्यसमध्ये अदालतबाट दोषी ठहर भइ सजाय भुक्तानरतको संख्या १४ हजार ५ सय हाराहारी छ । सजाय भुक्तानरत कैदीको हिस्सता ५८ प्रतिशत छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।