२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

आईपीएल क्रिकेटमा हैदरावाद ५ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको छ ।

शनिबार राति बैंग्लोरले दिएको १२१ रनको लक्ष्य हैदरावादले ३५ बल बाँकी छँदै पाँच विकेट गुमाएर भेटायो । हैदरावादका लागि ऋद्धिमान साहले ३९ र मनिष पाण्डेले २६ रन बनाए । छक्का प्रहार गर्दै हैदरावादलाई जित दिलाउने जेसन होल्डर १० बलमा २६ रन बनाउँदै नटआउट रहे ।

बलिङतर्फ युजवेन्द्र चहलले १९ रन दिएर २ विकेट लिए ।

युएईमा जारी आईपीएलको १३ औं संस्करणमा हैदरावादको यो छैटौं जित र बैंग्लोरको छैटौं हार हो ।

यसअघि शारजहाँ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंग्लोरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२० रन बनाएको थियो । ओपनर जोश फिलिपले सर्वाधिक ३२ रन बनाए । एबी डिभिलियर्सले २४ र वाशिङ्टन सुन्दरले २१ रन बनाए । कप्तान विराट कोहलीले ७ रन मात्रै बनाउन सके ।

हैदरावादका लागि सन्दिप शर्मा र जेसन होल्डरले २–२ विकेट लिए । चार ओभर बलिङ गर्दा २० रन खर्चिएर २ विकेट लिएका शर्मा म्यान अफ द म्याच भए ।

अघिल्लो खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटलमाथि ९ विकेटको शानदार जित हात पारेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।