२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

तानसेन-तम्घास सडक खण्ड अन्तर्गतको रिब्दीकोट–३, सिरुखर्कमा मोटरसाइकल दुर्घटना

गुल्मी:-तानसेन-तम्घास सडक खण्ड अन्तर्गतको रिब्दीकोट–३, स्थित सिरुखर्क भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा माेटरसाइकल चालकको ज्यान गएको छ । शनिबार बिहान साढे ११ बजेतिर तानसेनदेखि रिडीतर्फ जाँदै गरेको लु १९ प ८१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिदा मोटरसाइकल चालक तानसेन–१४, का ३८ वर्षीय हरिप्रसाद ज्ञवालीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका ज्ञवालीलाई उपचारका लागि लुम्विनी मेडिकल कलेजमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

ज्ञवालीसँगै मोटरसाइकलमा सवार गुल्मी जिल्ला ग्वादी–४, बस्ने ४३ वर्षका अनिल ज्ञवाली सामान्य घाइते हुनुभएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।